November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झौता

२०७८ फाल्गुन १६

3.5K

काठमाडौं । नेपाल र भारत सरकारबीच भारतबाट जीटूजीमा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न सम्झौता भएको छ । दुई देशका अधिकारीहरुबीच सोमबार भएको भर्चुअल वार्तामा यस्तो सम्झौता भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एव सहसचिव प्रकाशकुमार सञ्जेलका अनुसार जीटूजी व्यवस्थामा रहेर आगामी पाँच वर्षका लागि नेपाललाई रासायनिय मल दिन भारतसँग समझादरी भएको हो । ‘पहिलो वर्ष एक लाख मेट्रिकटन युरिया र ५० हजार मेट्रिकटन डीएपी मल भारतले नेपाललाई दिनेछ’, प्रवक्ता सञ्जेलले भने ।

सोमबार आयोजित भर्चुअल कार्याक्रममा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास डा. गोविन्द प्रसाद शर्मा र भारतको तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले सो समझदारी पत्रमा हस्ताक्षर गरेको उनले जानकारी दिए ।

Advertisement

तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालको पालामा अघि बढेको सम्झौता कोभिड—१९ महामारीका कारण प्रभावित भएको थियो । झण्डै डेढ वर्ष पछि दुई देशबीच भएको मल खरिद सम्बन्धी सम्झौता पछि अब नेपालको कृषि सामग्री कम्पनी र भारतको सोही तहको कम्पनीबीच मूल्य र खरिदमा सम्झौता हुने सम्झौतमा उल्लेख छ ।

मन्त्रालयका अनुसार केही दिनमै हुने सम्झौताले चैते धान, मकै र वर्षायामको धानका लागि मल आइपुग्नेछ । नेपाल सरकारले स्वीकृत गरेर भारतसामू पेश गरेको समझारीअनुसार जीटूजीमार्फत पाँच वर्ष नेपालले भारतबाट मल पाउने भएको छ ।