काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले रुससँग आत्मसर्पण गर्न तयार नभएको बताएका छन् । जेलेन्स्कीले शनिबार राजधानी कीएभको सडकमा उभिएर भिडियोमार्फत युक्रेनी सेनाहरुलाई आत्मसर्पण गर्न आदेश नदिएको र बाहिर सार्वजनिक भएका समाचारहरु गलत भएको बताएका हुन् ।
‘मैले युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आदेश दिएको भन्ने धेरै नक्कली जानकारीहरू छन्। त्यसैले, यहाँ सुन्नुहोस्ः म यहाँ छु। हामीले हाम्रो हतियार तल राखेका छैनौं, हामी हाम्रो देशको रक्षा गर्न जाँदैछौं। हाम्रो हतियार हाम्रो सत्य हो, यो हाम्रो देश हो, हाम्रा बच्चाहरु र हामी तिनीहरूलाई रक्षा गर्नेछौं ।’ उनले भिडियोमा भने ।