पाँचथर । फाल्गुनन्द गाउपालिकाको वडा नम्बर ६ को वडा कार्यलय भवन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गरेका छन् । शुक्रबार आयोजित सो कार्यक्रममा नरेन्द्रप्रसाद रिजाल सितादेवी अधिकारी डुर्न प्रसाद रिजाल र गङ्गादेवी रिजालले वडालाई ३ रोपनी ४ आना जग्गा निशुःल्क प्रदान गरेको जनाइएको छ ।
गाउपालिकाको मेहेलबोटेमा ५१ लाख ७५ हजार ७ सय २ रुपैयाँको लागतमा भवन निर्माणकार्य सम्पन्न भएको हो । सो कार्यक्रममा अन्दाजी ६ लाख मूल्य बराबरको निशुल्क प्रदान गर्ने जग्गादाताहरुलाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
भवन शिलान्यास गर्ने क्रममा मन्त्री आङ्बोले पुर्वाधार विकासले गति लिएको बताए । राजनीतिक आस्था फरकफरक भएपनि विकास निर्माणका कार्यमा पुर्वाग्रह नराखी सबै एकजुट भएर अघि बढ्नुपर्ने मन्त्री आङ्बोको भनाइ थियो । गाउपालिकाको अधिकांश स्थानमा निर्माणाधीन रहेका सडकको स्तर उन्नतिमा प्रदेश सरकार सधै तत्पर रहने पनि उनले बताए । मन्त्री आङ्बोले भने, राजनीतिक अस्थिरताले मुलुक गिजोलिरहेको छ । विशेष गरेर एमसीसीको कुराले त झन् सदन र सडक तातिरहेको अवस्था छ, गठबन्धनको सरकार कतिबेला के हुने भन्ने आशङ्का बढ्दै गएको छ ।’ एमसीसी पास गर्नु हुन्न भन्ने कुरा होइन तर त्यहाँ भित्र रहेका बुदाहरु संसोधन गर्नुपर्छ भन्ने मन्त्री आङ्बोको भनाइ थियो ।
सो समारोहमा फाल्गुनन्द गाउपालिका अध्यक्ष बिरबहादुर कुरुम्बाङ उपाध्यक्ष देबित्रा आङ्देम्बे र प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक लगायतका सबैको उपस्थिति रहेको थियो ।
त्यस्तै, मन्त्री आङ्बोले कुम्मायक गाउपालिकाको दुई ठुला आयोजनाको अनुगमन गरेका छन् । उनले कुम्मायक गाउपालिकामा रहेको दुई ठुला आयोजनाहरुको अनुगमन गरेका हुन् । सम्झौता मिति म्याद सकिदा समेत सदरमुकाम फिदिम जोडिने सरखण्डे यासोक सडक खण्डको कालोपत्रे निर्माणकार्य र गाउपालिकामा निर्माणाधीन आवासीय भवन निर्माण आयोजनाको काम सुस्त गतिमा मात्र काम भइरहेकोमा मन्त्री आङ्बोले त्यसो नगर्न आग्रह गरेका छन् ।
अनुगमनको क्रममा सरखण्डे यासोक कालोपत्रे सडक निर्माण कार्यका लागि बजेटको कुनै अभाव नहुदा समेत निर्माण व्यावसायिले सुस्त गतिमा मात्र योजनाको काम गर्नु औचित्यपूर्ण नभएको मन्त्री आङ्बोको भनाइ थियो । निर्माण कम्पनीले बिना कारण ढिला सुस्ती काम गर्नुका साथै योजनाको काम अलपत्र पारेर नागरिकलाई धुलोको मारमा पार्नु नमिल्ने बताए ।
द्रुत गतिमा योजनाको काम सम्पन्न गर्न पटकपटक पत्राचार गर्दा समेत कुनै जवाफ नआउनुको पछाडि निर्माण व्यावसायिको चरम लापरबाही नै रहेको मन्त्री आङ्बोले बताए । यसैगरी सडक आसपासमा रहेका खानेपानीको पाइपलाइन व्यवस्थापन तथा बजार क्षेत्रमा रहेका केहि अबरोधहरु हटाउन खानेपानी समिति र सम्बन्धित निकाय गाउँपालिकाले पनि यसबारे गम्भीर चासो लिएर सहयोग गर्नुपर्नेमा आङ्बोले जोड दिएका थिए । यसैगरी मन्त्री आङ्बोले कुम्मायक गाउपालिकामा निर्माणाधीन आवासीय भवनको निर्माणकार्य किन ढिलो भएको भन्दै निर्माण व्यवसायीलाई प्रश्न गरेका थिए ।
यो योजनाको काम छिटोभन्दा छिटो सम्पन्न गर्न शहरी विकास भवन कार्यलय इलाम र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । पटकपटक म्याद थपेर अटेर गरि नागरिकलाई सास्ती दिने कुनै पनि निर्माण व्यवसायी कम्पनीहरुलाई कानुनी दायरामा उभिनुको विकल्प नरहेको मन्त्री आङ्बोको भनाइ थियो । भवनको शौचालय र क्यान्टिन निर्माणकार्यमा ढिलाइ साथै यसोक बजारको कालोपत्रे निर्माणमा गुणस्तरहिन काम भएको भन्दै नागरिकको गुनासो भएपनि काम गर्ने क्रममा भएका कमिकमजोरीाई सुधार गर्दै लगे मात्र सच्चा राष्ट्र सेवक बन्न सकिने मन्त्री आङ्बोको भनाइ थियो ।
अनुगमनमा सहरी विकास भवन कार्यलय इलाममका प्रमुख रुद्र नारायण मिश्र कुम्मायक गाउपालिका अध्यक्ष जयबहादुर चेम्जोङ उपाध्यक्ष सीता आचार्य साथै सडक निर्माण व्यवसायी सञ्चारकर्मी र नागरिक सरोकारवाला हरुको सहभागिता रहेको थियो ।
