November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मानव अधिकार मञ्च इलामद्धारा यासोकका अग्निपीडित पाँच घरपरिवारलाई सहयोग

२०७८ फाल्गुन ११

3.5K

यासोक । मानव अधिकार मञ्च इलामले पान्थरको कुम्मायक गाउापालिका यासोक बजारका अग्नीपीडित पाँच घरपरिवारलाई राहत वितरण गरेको छ । गत माघ २९ गते शनिवार साँझ अचानक भएको आगलागीबाट स्थानीय झरेन्द्र खतिवडाको घर सहित पाँच वटा पसल जलेर नष्ट भएको थियो ।

वडा नम्बर १ को वडा कार्यलयमा भएको सो कार्यक्रममा आगलागीबाट बिपदमा परेका ११ जना बालबालिका र परिवारलाई मञ्चले ८६ हजार २ सय रुपैयाँ बराबरको खाद्यान्न लत्ताकपडा तथा स्वास्थ सामग्री वितरण गरिएको छ । त्यसैगरी सोहि समारोहमा कोभिड हस्पिटललाई पनि ७७ हजार ७ सय ५ रुपैयाँ मूल्य बराबरको थर्मल गन साबुन सेनिटाइजर जस्ता स्वास्थ सामग्रीहरु हस्तान्तरण गरिएको बाल हेल्प लाइन प्रमुख भक्त थामीले बताए ।

आगलागीबाट पाँच घरपरिवारको १८ बर्ष मुनिका ११ जना बालबालिकाहरु बिस्थापित भएको हुँदा उनीहरुको मनोबिज्ञान विकासका लागि मनोरञ्जनात्मक सामग्री समेत वितरण गरिएको थियो ।

Advertisement

मंग्लबार साँझ भएको राहत बितरण कार्यक्रममा कुम्मायक गाउपालिका अध्यक्ष जयबहादुर चेम्जोङ उपाध्यक्ष सीता आचार्य र प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रम वडा नम्बर १ का वडाध्यक्ष देबेन्द्रकुमार लावतीको अध्यक्षता सम्पन्न भएको थियो ।