November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेको अमेरिकी राष्ट्रपतिको दाबी

3K

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणको निर्णय गरिसकेको बताएका छन्। अमेरिकी गुप्तचर एजेन्सीको सूचनाका आधारमा आफूले आक्रमणको सम्भावना देखेको बाइडेनको भनाइ छ।

उनले ट्विटमार्फत् रुसी आक्रमण निकटमा रहेको उल्लेख गरेका छन्। पश्चिमादेशहरूले रुसले कुनै न कुनै बाहना बनाएर युक्रेनमा आक्रमण गर्न लागेको बताइरहेका छन्।

अमेरिकाले रुसले १ लाख ६९ हजारदेखि १ लाख ९० हजार सैनिक युक्रेनी सीमामा परिचालन गरेको बताएको छ। जसमा युक्रेनका स्वघोषित रिपब्लिक डोनस्क र लुहन्स्कका रुस समर्थित लडाकुहरु पनि रहेको अमेरिकी शंका छ।

Advertisement

अमेरिकी राष्ट्रपति बाइडेनले अझै पनि कूटनीतिक समाधानको आशा रहेको पनि बताएका छन्। तर‚ वार्ताका विषयमा भने हालसम्म कुनै पनि तयारी भएको छैन। अमेरिकासहित पश्चिमा देश रुसमाथि एकोहोरो आरोप लगाउँदै आएका छन् भने रुसले आक्रमणको आरोप अस्वीकार गर्दै आएको छ।