काठमाडौं । बलिउडका चर्चित संगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ । ६९ वर्षीय लहरीको मंगबार मुम्बईस्थित क्रिटी केयर अस्पतालमा राती ११ बजे निधन भएको हो ।
उनी लामो समयदेखि अस्वस्थ थिए । चिकित्सकका अनुसार उनी ओएसएका विरामी थिए । लहरीलाई दुई पटक कोरोना संक्रमण भएर निको भएका थिए ।
बलिउडमा आफ्नो पचास वर्ष लामो करियरमा ६ सय ५० भन्दा बढि फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी संगीतकारका साथै गायक पनि हुन् ।
सन् १९५२ नोभेन्बर २७ मा पश्चिम बंगालको जलपाईगुडीमा जन्म्एिका लहरीले सन् १९७०–८० को दशकमा फिल्ममा डिस्को थीमवाला कयौं गीत दिएका थिए । बलिउडलाई ‘चलते चलते’, ‘डिस्को डान्सर’ र ‘शराबी’ जस्ता लोकप्रिय गीत दिएका लहरीले अन्तिम गीत सन् २०२० मा फिल्म ‘बागी ३ ’का लागि गाएका थिए ।