November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बैतडीमा मृत चितुवा फेला

3.1K

बैतडी : बैतडीको तल्लो स्वराडमा वयस्क चितुवा मृत फेला परेको छ। पञ्चेश्वर गाउँपालिका–५ गिरेगाडामा ५ फिट १ इन्चको चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए। 

स्थानीयले  मृतावस्थामा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनले भने, ‘मृत चितुवाको पेटमा घाउ र जंगली जनावरले खाएको अवस्थामा थियो, दुई चितुवा लडेको जस्तो देखिन्छ तर त्यही हो भनेर भन्न सकिने अवस्था छैन।’ 

चितुवाको सिनो वन कार्यालयका कर्मचारी र प्रहरीले सदरमुकाम ल्याएको र आज वन कार्यालय परिसरमा गाडिएको जनाइएको छ। बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिका चितुवा प्रभावित क्षेत्र हुन्।

Advertisement