November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि, १३ वटै समूहमा हरियाली

2.4K

काठमाडाैं : सेयर बजार साताकाे तेस्राे दिन मंगलबार ५३.३० अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक दुई हजार ७५४.२८ को विन्दुमा उक्लिएको छ।

आज  राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.८३ अंकले बढेर ५२२.१३ को विन्दुमा पुगेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

आज जलविद्युत समूह सर्वाधिक ४.३२ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ३.३८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.८४ प्रतिशत, व्यापार समूहमा १.३५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.६३ प्रतिशत, विकास बैंक समूहमा २.७१ प्रतिशत, वित्त समूहमा २.८५ प्रतिशतले वृद्धि भएकाे छ।

Advertisement

यस्तै निर्जीवन बीमा समूहमा १.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५४ प्रतिशत, लघुवित्त समूहमा २.८२ प्रतिशत, जीवन बीमा समूहमा १.२५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२ प्रतिशत र लगानी समूहमा २.४९ प्रतिशतको बढोत्तरी भएको छ।