November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भोलिको संसद बैठकमा एमसीसी टेबल गराउने काँग्रेसको निर्णय

2.1K

काठमाडौं । नेपाली कांग्रेसले भोलि बस्ने संसद बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले संसदमा एमसीसी टेबल गराउने निर्णय गरेको हो ।

भोलि दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी टेबल गराउने निर्णय भएको एक सांसदले जानकारी दिए । संसदीय दलको बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बस्ने संसद बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए ।

प्रधानमन्त्री देउवाले एमाले लगायत कम्युनिष्टले दोहोरो चरित्र देखाएको र उनीहरुलाई मनाउन पहल गरिरहेको बताएका थिए ।

Advertisement