November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रधानन्यायाधीशविरुद्ध महाअभियोगबाहेक अर्को विकल्प नभएको कांग्रेसको निष्कर्ष

1.7K

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगलाई टुङ्गोमा पुराउनुपर्ने बताएका छन् ।

आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरुले महाअभियोगलाई टुंगोमा पुर्याउनुपर्ने विषयमै जोड दिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा सरकारका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले महाअभियोग दर्ता भएको औपचारिक जानकारी गराए । न्यायालयभित्र जारी गतिरोध आन्तरिक समझदारीबाटै समाधान होस भन्ने चाहना पूरा हुन नसकेकोले महाअभियोगको विकल्प नदेखिएको प्रवक्ता महत्तले बताए ।

Advertisement

लामो समयदेखि सर्वोच्च अदालतमा देखिएको गतिरोध न्यायालयभित्रकै सरोकारवावाहरुको संवाद र सहकार्यबाट समाधान होस भन्ने चाहना पूरा हुन नसकेको र संवैधानिक निकास दिन प्रतिनिधिसभाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएको प्रवक्ता महत्तले बताए ।

त्यस्तै बैठकमा एमसीसीलाई पारित गराउनुपर्नेमा एकमत रहेको उनले बताए । बैठकमा विभिन्न विषयमा नेताहरुले धारणा राख्ने क्रम सकिएको र मंगलबार बस्ने बैठकले आवश्यक निर्णय गर्ने प्रवक्ता महतले बताए ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी, विधानतः रिक्त भएका र म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाका बिषयमा छलफल हुँदै आएको थियो ।