November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

यासोक बजारमा भएको आगलागी नियन्त्रणमा

4.3K

पाँचथर: कुम्मायक गाँउपालिकाको केन्द्र यासोक बजारमा शनिबार साँझ ७:४५ बजेदेखि भएको आगलागी एक घन्टापछि नियन्त्रणमा आएको छ ।

स्थानीय बजारवासी झरेन्द्र खतिवडाको बजार बीचमा रहेकोे घरबाट आगलागी शुरु भएको स्थानीय पत्रकार रमेश थापाले जानकारी दिए । काठ र जस्ताबाट बनेको उनको घरमा जुत्ताचप्पल,हार्डवेर र टेलरिङ्ग पसल संचालन हुदै आएको थियो । जुत्ताचप्पल पसलबाट अचानक आगो उत्पन्न भइ फैलिएपछि घर र पसल पूर्ण रूपमा क्षति भएको उनले बताए ।
सुरक्षाकर्मी र स्थानीयबासिन्दाको लामो प्रयासबाट तमोर लिफ्टिङ्गबाट ल्याइएको पानीको सहायताले आगो नियन्त्रणमा मद्दत मिलेको बताइएको छ ।

आगो नियन्त्रणको लागि फिदिम नगरपालिको बारुणयन्त्र घटनास्थलमा नपुगी आगो नियन्त्रण गर्न सफल भएको साथै कुनै पनि मानवीय क्षति नभएको तर क्षतिको यकिन भने हुन बाँकी रहेको पत्रकार थापाले जानकारी दिए।

Advertisement