लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा पनि अगावै बेलायतमा कोरोनाका विरुद्धमा लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।
बुधबार बेलायतमा आगामी मार्चको २४ तारिखसम्मका लागि कोरोना भाइरसका विरुद्ध लगाइएका प्रतिबन्धहरु हटाउने घोषणा गरिएको हो ।
सबै प्रकारका प्रतिबन्धहरुलाई फुकुवा गर्ने तयारी सरकारले थालिसकेको र फुकुवा पनि गरिने घोषणा प्रधानमन्त्री बोरिसले गरेको बताइएको छ । उनले अहिले पनि बेलायत सरकारले कुनै पनि कोभिड पोजेटिभ व्यक्तिले पाँच दिनमात्र आइसोलेसनमा बसे हुने खालको नीति घोषणा गरेको बताए ।
उनले अब बेलायत सरकारले कोभिड लागेका र कोभिडका विरुद्धका प्रतिबन्धहरुमा पनि धेरै परिवर्तन गर्ने तयारी गरेको जानकारी गरेका हुन्