काठमाडौं । प्रमोद खरेल र रुक्साना लिम्बुको ‘नोगेन’ बोलको गीत अहिले चर्चामा छ । १ दिनमा ११ लाख माथि दर्शक पाउन सफल उक्त गीत नेपालमा १ नम्बर ट्रेन्डिङमा परेको छ । त्यस्तै, दुवईमा १ , युएसएमा ६ नम्बर ट्रेन्डिङमा छ ।
महेश खड्काको शब्द संगीत र विशाल निरौलाको संगीत संयोजन रहेको सो गीतको भिडियोमा प्रमोद र रुक्सानालाई नै फिचरिङ गरिएको छ ।
रुक्साना चर्चित रियालिटी शो ‘दि भोइस अफ किड्स’का फाइनलिस्ट हुन् । उनी कोच प्रमोदकै टिममा थिइन् । उक्त गीतको भिडियोमा पनि प्रमोदलाई रुक्सानाको गुरुकै रुपमा प्रस्तुत गरिएको छ । जसलाई दर्शकले अत्यन्तै रुचाएका छन् ।
दिपा सिटौलाका निर्माणमा बनेको नोगेनको भिडियोमा मिनाक्षी कोइरालाको निर्देशन, अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माले सम्पादन रहेको छ । भिडियो प्रमोद खरेलको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।