धरान । कवि तथा स्टोन आर्टिष्ट दीपा मग्रातीको पहिलो गीत “आकाश जूनको साथी” सार्वजनिक भएको छ । गीत प्रविन अफिसियलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
“आकाश जुनको साथी” एल्बममा रहेको दीपाको यो शब्दमा गायक प्रेम गुरुङ र गायीका हिरा थापाले सुमधुर स्वर दिएका छन् भने कर्णप्रीय सङ्गीत प्रविन अफिसियलले भरेका छन् । त्यस्तै एरेन्जको काम सङ्गीतकार मनोज साङ्सोन राईले गरेका छन् । गीतको रेकर्ड किङ स्टुडियोमा गरिएको छ ।
गीतकारको रुपमा पहिलोपटक आफूलाई प्रस्तुत गरेकी दीपा “हतुवागढी शब्दघर”को साप्ताहिक प्रस्तुति “अक्षरालय”को प्रस्तोता हुन् भने स्वर्णिम साहित्य समाज बराहक्षेत्र –३ को सदस्य समेत हुन् । हाल उनी दैनिक रुपमा स्टोन आर्ट गर्दै चर्चामा छिन् ।