November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अध्यादेश सर्वसत्तावाद र निरंकुशताको प्रमाण हो : रामचन्द्र पौडेल

2.8K

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्‍सम्बन्धी नयाँ अध्यादेश ल्याउनु सर्वसत्तावाद र निरंकुशतातर्फ अघि बढेको प्रमाण भएको बताएका छन्।

मंगलबार ट्विट गर्दै पौडेलले संवैधानिक परिषदको मूल मर्मविपरीत संवैधानिक निकायमा आफू अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद् अधिवेशनलाई छल्नका लागि हतारहतारमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको टिप्पणी गरेका छन्। 

‘सर्वसत्तावाद र निरकुंशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो,’ पौडेलले लेखेका छन्, ‘यस्ता कार्यको म घोर विरोध गर्दछु।’

Advertisement

मंगलबार बिहान बालुवाटार पुगेका सभापति देउवाले नयाँ अध्यादेश ल्याउने विषयमा असहमति प्रकट गरेका थिए।