काठमाडौं । गायक दिपेन गुरुङको र्याप गीत ‘स्वतन्त्र’ सार्वजनिक भएको छ । दिपेनकै शब्द, कम्पोज र निर्माण रहेको गीत ‘स्वतन्त्र’को भिडियो सार्वजनिक भएको हो ।
नेपाली चलचित्र निर्देशन सकेका सुयोग गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दिपेनसँगै दिव्य दृष्टिको अभिनय रहेको छ ।
दिपेनका यसअघि ‘भोटेको छोरा’, ‘जा कोरोना जा’ लगायतका र्याप गीत लोकप्रिय रहेका छन् । आफ्ना यसअघिका गीतलाई जस्तै ‘स्वतन्त्र’लाई पनि दर्शक/स्रोताले मन पराउनेमा आफू आशावादी रहेको दिपेनले बताए ।
गीतको भिडियो हङकङका विभिन्न स्थानमा छायाँकन गरिएको छ ।