काठमाडौं । अञ्जु पन्त र शीव परियारको आवाज रहेको ‘आँसु पिउदै’ बोलको गीत सार्वजनिक भएको छ । भीष्मराज फुलाराको शब्द, बाबुल गीरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको छ भने पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ ।
रूपा मानन्धरको श्रृङ्गार, सुमन कार्कीको छायांकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ ।
फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गरेका हुन् ।