November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सार्वजनिक सवारीमा जोरविजोर हट्यो, साना गाडीमा भने कायमै

3.1K

भक्तपुर । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइँदै आइएको जोरविजोर प्रणाली हटाइएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको शुक्रबार बसेको बैठकले बस माइक्रो र टेम्पुमा लगाइँदै आइएको जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

सार्वजनिक सवारी साधनको हकमा स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाइए तापनि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा जारी आदेशमा उल्लेख छ । तर अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू हुने छैन ।

त्यस्तै, सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्ने भनिएको छ । लामो दूरीमा चल्ने सवारी साधानले भने बीच बाटोमा यात्रु नचढाउने गरी सुरुदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गरी विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउन भनिएको छ ।

Advertisement

अन्य अत्यावश्यक तथा तोकिएका सवारीसाधानलाई यसअघि जारी आदेशानुशानुसार हुने जनाइएको छ ।