November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मन्त्रिपरिषद बैठक: मन्त्रालयगत नियमित विषयमा छलफल गरी सकियो

2.2K

काठमाडौँ– बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकष्मिक बैठक सकिएको छ ।

आजको बैठकमा उल्लेख्य एजेण्न्डा नभए पनि मन्त्रालयगत नियमित विषय मात्रै छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

प्रत्येक सोमबार नियमित बैठक बस्दै आएपनि हिजो (सोमबार) बैठक नबसेकाले आज (मंगलबार) बसेको हो ।

Advertisement

आज बिहान संवैधानिक परिषद् बैठक स्थगित लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

कोरम नपुगेपछि बैठक स्थगित भएको थियो। सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।