November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

देउवाले बोलाए कांग्रेस केन्द्रीय समिति बैठक

2.4K

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् ।

शुक्रबारका लागि बोलाइएको बैठक भर्चुअल रुपमा बस्ने छ । कोरोना महामारीका कारण बैठक भर्चुअल रुपमा बोलाइएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनको बारे छलफल हुने बताइएको छ ।

स्थानीय तहको निर्वाचनबारे सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै आलोचना हुँदै आएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले आजै निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दैछन् ।

Advertisement