लण्डन । आगामी फेब्रुवरी १२ मा हुन गइरहेको एक ब्यवसायिक बक्सिङ प्रतिस्पर्धामा पूर्व डब्ल्यू. बी. सी. सुपर मिडलवेट च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका छन् । बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्यु. बी. सी. च्याम्पिनयनशिप २०१९ का बिजेता हुन् ।
“जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र विगतमा पनि उनले दुई वटा बेग्ला–बेग्लै गेमहरुमा एनआरएनए यूके र गोर्खाली ब्याज लगाएर खेलेका थिए”, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले भने ।
३३ बर्षीय ब्रिटिश ब्यवसायिक बक्सिङ खेलाडी जोन राइडरले आजसम्म भएका उच्चस्तरीय ३५ प्रतिस्पर्धाहरुमा केवल ५ वटामा मात्र हार व्यहोर्नु परेको छ ।
“विगतमा झैं यस पटक पनि जोनले एनआरएनए यूके र गोर्खाहरुको प्रतिक चिन्ह लगाएर रिङमा भिड्दैछन्; यसका लागि उनले हामीबाट कुनै अपेक्षा गरेको नभए पनि उनलाई नैतिक हौसला दिनु हाम्रो कर्तव्य हो भन्ने लाग्दछ”, राइडरको पूर्व प्रशिक्षक समेत रहेका गाहा मगरले भने ।
लण्डनको प्रसिद्द अलेक्जेण्डर प्यालेसमा राइडर र बक्सिङमा अर्का चमत्कार ज्याकोबबीच घमासान मुक्केवाजी हुनेछ । खेलमा दर्शकको रुपमा सहभागी हुन अध्यक्ष प्रेम गाहा मगरले सम्बन्धित र इच्छुक सबैलाई अनुरोध गरेका छन् । टिकट लिनका लागि तल दिइएको लिंकमा जान भनिएको छ ।
१२ फेब्रुवरी दिउसो ४ बजे देखि रातिसम्म यो बक्सिङ्ग प्रतियोगिता LIVE on DA ZN (matchroom ) च्यानेल द्वारा प्रत्यक्ष प्रशारण गरिने छ।