November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा गोलाप्रथाबाट काँग्रेसका गोपाल बस्नेत निर्वाचित

2.2K

विराटनगर । प्रदेश १ मा सत्तारूढ गठबन्धनका उम्मेदवार गोपाल बस्नेत गोलाप्रथाबाट राष्ट्रिय सभामा निर्वाचित भएका छन् । बराबर मत आएपछि काँग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा भएको थियो ।

बस्नेत र बरालले ४ हजार ४ सय ८८ समान मतभार ल्याएपछि निर्वाचन अधिकृतले गोलाप्रथाबाट विजयी टुंग्याउने निर्णय गरेकामा काँग्रेसका उम्मेदवार विजयी बनेका हुन् ।

त्यस्तै, प्रदेश १ मा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन् । अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले मतभार ४ हजार ३ सय ६२ पुगेको छ । राप्रपाकी रञ्जु प्याकुरेलले प्रदेश सभामा १ र स्थानीय तहमा ४ गरी १२० मतभार प्राप्त गरिन् ।

Advertisement

त्यसैगरी अल्पसङ्ख्यकतर्फ नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी भएका छन् । उनले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन् । ४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे ।