November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

निर्माणमा डेब्यु गर्दै सास

4.1K

काठमाडौं । विश्वमणि घिमिरेको निर्देशनमा ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ । विसं १९२४ ताका गोर्खाली र अंग्रेजि फौज बीच सिन्धुलिको आड भञ्ज्याङ्मा भएको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’ को आलेखलाई निर्देशक घिमिरेले नै पटकथा सम्बाद लेखेका हुन् । नेपाल सरकार प्रतिलिपी अधिकार र छायांकन इजाजत प्रमाणपत्र चलचित्र बिकास बोर्ड बाट बिधिवतरुपमा प्राप्त भएको चलचित्र सास इन्टरटेन्मेन्ट सिनेमा प्रालीको व्यानरमा निर्माण हुनेछ ।

सास अधिकारीले निर्माण गर्ने चलचित्रको छायांकन सिन्धुली,काभ्रे र काठमाडौमा हुने जनाइएको छ । निर्देशक घिमिरेले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान गरेर चलचित्रको मस्यौदा तयार पारेको र तेसलाई निर्माता अधिकारिले निर्माण गर्न लागेको जानकारी दिएका छन् । युद्धको कथालाई सिन्धुलीगढि मार्फत बाचन गरि बीरताको गाथा सन्सारलाइ सुनाउन पाउँदा गर्बवान्दित भएको र जिवन्त कार्य गर्न पाउँदा सारै हर्सित भएको बताए अधिकारी ले उहाँले चलचित्रलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले सहयोग गर्ने पनि बताएका छन् । चलचित्रको पोष्ट प्रोडक्सनको काम भने भारतको मुम्बईमा हुनेछ ।

निर्माता अधिकारीले चलचित्रलाई हिन्दी र अंग्रेजी भाषामा स्वराङ्कन गरिने जानकारी दिए । चलचित्रका लागि मुख्य कलाकार अडिशनको प्रक्रियाबाट छनोट कार्य भइरहेको बताइएको छ । चलचित्रको निर्माण टिम कोरोना महामारीको अवस्था हेरेर फागुनको दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारीमा रहेको, चलचित्र हाल सम्मकै उच्च लगानी रहने जानकारी पत्रकार सम्मेलन मार्फत गरिने निर्माता सास अधिकारीले बताए । लामो समय युरोप र अमेरिकाको बसाई पछि स्वदेशमै केही गर्ने उद्देश्यका साथ नेपाल फर्केका अधिकारी यहि चलचित्रबाट निर्माताको रुपमा डेब्यु गर्दैछन ।

Advertisement