November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सहाराविहीन श्रीहाङमा लिम्बुनीलाई जीवनभरका लागि चामल सहयोग

2K

तेह्रथुम । सहाराविहीन तेह्रथुम छथर गाउँपालिका–३ पञ्चकन्या लुकुवाकी श्रीहाङमा लिम्बुनीलाई सहयोग प्राप्त भएको छ। लिम्बुनी सहाराविहीन रहेको खबर सार्वजनिक भएपछि बेलायतबाट उनलाई जीवनभर चामल सहयोग गर्ने प्रतिबद्धता आएको हो।

ताप्लेजुङको पक्ताङलुङ गाउँपालिका–३ खेबेङमा जन्मेर हाल बेलायतमा रहदै आएका कलाकार मान तबेबुङ ‘नाजम’ले लिम्बुनीलाई जीवनभर चामल सहयोग गर्ने भएका हुन्।

याक्थुङ लिम्बु भाषा,लिपी,संस्कार संस्कृति संरक्षणमा चासो देखाउँदै आएका लिम्बु लामो समयदेखि दुःखी पीडितलाई सहयोग गर्दै आएको बताउँछन्।

Advertisement

उनले लिम्बु भाषाका तीन एल्बम र नेपाली भाषाको एउटा एल्बम निकालिसकेका छन्। उनी भन्छन्, ‘श्रीहाङमाको समाचार देखेपछि मन छोयो र र बुढीआमाले जीवनभर काम नगरी चामल खान पुगोस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेको हुँ।’

श्रीहाङमा अविवाहित नेष्ठ नागरिक हुन्। उनी एक्लै बस्दै आएकी छिन्।