लण्डन । लण्डनस्थित नेपाली दूतावासले राजश्व संकलन बैंकिङ माध्यम मार्फत मात्र गर्ने भएको छ । सोमवार एक सूचना जारी गर्दै दूतावासले सो कुराको जानकारी गराएको हो ।
दुतावासले सेवाग्राहीलाई बैंक कार्डमार्फत राजश्व रकम भुक्तानी गर्न आग्रह गरेको छ ।
त्यस्तै, दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजश्व रकम २६ जनवरी देखि लागू हुने गरी अनिवार्य रुपमा बैंक कार्ड मार्फत लिइने दूतावासले जनाएको छ ।