November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

शुक्रराज अस्पतालमा रोकिएको खोप कार्यक्रम भोलिदेखि पुनः सुरु

4.8K

काठमाडौँ — शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा स्थगित गरिएको खोप कार्यक्रम भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ । यसअघि ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको भन्दै अस्पतालले आइतबार सूचना जारी गरेको थियो ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौँ महानगरपालिकाको स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी, काठमाडौँबाट जनशक्ति व्यवस्थापन भएपछि पुनः सञ्चालनमा ल्याइएको बताए ।

उनका अनुसार स्वास्थ्य शाखाबाट पाँच जना र रेडक्रस सोसाइटीबाट ८ देखि १२ जनासम्म स्वास्थ्यकर्मी परिचालित हुनेछन् ।

Advertisement

अस्पतालका अनुसार भोलि १० बजेदेखि नियमित खोप कार्यक्रम सञ्चालन हुनेछ ।