November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संविधानले स्थानीय तह रिक्त हुने कल्पना नै गरेको छैन : गगन थापा

2.4K

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानले स्थान तहमा जनप्रतिनिधि रिक्त हुने कल्पना नै नगरेको बताएका छन्। 

सत्ता गठबन्धनमा सामेल भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको भन्दा संसदीय निर्वाचन गर्ने प्रस्ताव गरेपछि महामन्त्री थापाले ट्वीटरमा लेखेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको तिक्तताको कल्पना नै गरेको छैन। ​अतः निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छ। कांग्रेस प्रष्ट छः असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ।’

निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुँदा असंवैधानिक हुने उनको भनाइ छ। असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनुपर्नेमा जोड दिएका छन्। 

Advertisement

अहिले स्थानीय तहको निर्वाचनका सन्दर्भमा संविधान र कानुन बाझिएको चर्चाका बीच थापाले आफ्नो भनाई सार्वजनिक गरेका हुन्।