झापा। झापाको हल्दिबारीमा लकडाउन सुरु भएको छ । जनजागृति माध्यमिक विद्यालयका शिक्षकसहित गोलधापका २१ जनालाई कोरोना संक्रमण देखिएपछि हल्दीबारी १ नं वडा कार्यालयले लकडाउन घोषणा गरेको हो ।
बुधबार गोलधाप स्वास्थ्य चौकीमा ६० जनाको परीक्षण गर्दा १३ पुरूष र ८ महिला गरी २१ जनालाई संक्रमण पुष्टि भएको थियो।
आज बसेको हल्दीबारी गाउँपालिका वडा नं १ को कारोना रोकथाम नियन्त्रण समिति र सर्वदलीय बैठकले आजदेखि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि लकडाउन घोषणा गरेको हो।
