लन्डन । बेलायतमा नेपाली नर्स ल्याउन बेलायतसँग यही मार्चसम्म दुई देशबीच सम्झौता हुने भएको छ । श्रम मन्त्रालयका अनुसार नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा भएको छलफलले यस्तो निर्णय गरेको हो ।
बेलायतले नेपालबाट नर्स ल्याउन खोजे पनि कस्तो खाले लैजाने भन्नेबारे श्रम सम्झौतापछि मात्र यकिन हुने बताइएको छ ।
बेलायतले हालै विभिन्न मुलुकबाट स्वास्थ्य क्षेत्रमा १ लाख श्रमिक लैजाने घोषणा गरेको थियो । अहिलेसम्म नेपालबाट कति नर्स आउने भन्नेबारे कुनै टुंगो नलागे पनि १० हजार हाराहारीमा पठाउने अधिकारीहरू कसरतमा छन् ।