November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लुटेरा समूहले आक्रमण गर्दा प्रहरीका असई घाइते

1.9K

जनकपुर — लुटेरा समूहको आक्रमणमा परी धनुषामा प्रहरीका असई घाइते भएका छन् । बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेलमाथि गएराति लुटेरा समूहले आक्रमण गरेको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

वडा नम्बर-४ स्थित राम्रो चोकमा गएराति लुटेरा समूहलाई नियन्त्रणमा लिएपछि असई पोखरेलमाथि आक्रमण भएको थियो । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

महोत्तरीको भंगहा नगरपालिका-७ का अमित पाशमान भारतबाट घर फर्केन क्रममा उनलाई लुटेरा समूहले लुटेको थियो । घटनास्थल पुगेको असई पोखरेलसहितको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेर ल्याउने क्रममा पोखरेललाई आक्रमण भएको थियो ।

Advertisement

लुटपाट र आक्रमणमा संलग्‍न ५ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रजौरेले बताए । पक्राउ परेका मध्ये मुख्य आरोपी रामजीवन ठाकुरको साथबाट नाइट्रोभेट ट्याब्लेट र चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ ।