November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

वडाध्यक्षमाथि अज्ञात समूहद्वारा ढुंगा प्रहार, सामान्य घाइते

4.8K

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्षमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ। अज्ञात समूहको ढुंगा प्रहारबाट चिचिला–२ का वडाध्यक्ष मीरबहादुर राई सामान्य घाइते भएका छन्। मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार गरेको हो।

मंगलबार साँझ गाउँपालिकाको  हिउँदे सभामा सहभागी भएर घर फर्किने क्रममा वडा नम्बर २ को ६ टर्निङ भन्ने ठाउँमा पुगेपछि आफूमाथि ढुङ्गा प्रहार भएको वडाध्यक्ष राईले जानकारी दिए।

वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। अज्ञात समूहको  ढुङ्गा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते टाउको, ढाड र हातमा सामान्य चोट लागेको वडाध्यक्षले राईले बताए। वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेकोजिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

Advertisement

चिचिला गाउँपालिकाले वडा नम्बर २ का अध्यक्षलाई ढुंगा प्रहार गरिएको घटनाको भर्त्र्सना गरेको छ। मंगलबार साँझ भएको घटनाको विरोध गर्दै विज्ञप्तिमार्फत घोर भर्त्र्सना गरेको हो।

गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्न जो कोही भए पनि अनुसन्धान गरि कारवाहीको दायरामा ल्याइने बताइएको छ। लोकतान्त्रिक शासन पद्धतिमा नागरिकहरुको माग लोकतान्त्रिक ढंगले सम्बोधन गर्ने ब्यवस्था हुँदा हुँदै पनि जिम्मेवार व्‍यक्तिमाथि सांघातिक आक्रमण हुनु निन्दनीय भएको विज्ञप्तिमा भनिएको छ।