सौल । दक्षिण कोरिया,(हिमाली संदेश), शेर्पा संघ दक्षिण कोरियाले तग ल्हो २१४९औं ग्याल्बो ल्होसारको अवसरमा विश्वव्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।
शेर्पाहरूको कला र प्रतिभालाई प्रोत्साहन गर्ने, भेषभुषा, भाषा, संस्कार, सांस्कृति, संरक्षण गर्ने उद्देश्यले विश्वव्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिता आयोजना गरेको संस्थाका सास्कृतिक विभाग प्रमुख आङ ङिमा शेर्पा हिमाली सन्देशले बताए ।
शेर्पाका अनुसार, प्रतियोगितामा शेर्पा समुदायको जुनसुकै उमेर समुहले निःशुल्क सहभागीता जनाउन सक्नेछन् । विश्वव्यापी प्रतियोगिता भएकोले संसारको जुनसुकै ठाउँमा रहेका शेर्पा भाषीले पनि प्रतियोगितामा भाग लिन सक्नेछन्। प्रतियोगितामा भाग लिनका लागि आफ्नो भिडियो आगामी २० फेब्रुवरी , २०२२ सम्ममा पठाउनुपर्नेछ ।
उत्कृष्ट प्रतियोगीहरुका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुने नृत्य प्रतियोगीलाई नगद रु ३० हजार रुपैयाँ, द्वितीय स्थान हासिल गर्नेलै नगद रु २० हजार, तृतीय स्थान हासिल गर्नेलाई नगद रु १० हजार पुरास्कार प्रदान गरिनेछ साथै एक जना प्रतियोगीलाई उत्कृस्ट भेषाभुषा पुरास्कार सवरूप नगद रु १० हजार प्रदान गरिनेछ ।