November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संवैधानिक परिषदको बैठकमा कांग्रेस सहभागी नहुन सभापति देउवालाई गगनको आग्रह

3.6K

काठमाडाैं-नेता गगन थापाले संवैधानिक परिषदको बैठकमा कांग्रेस सहभागी नहुन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

सरकारविरुद्धको विरोध प्रदर्शनका लागि कैलाली पुगेका थापाले उपसभामुख चयन नहुँदासम्म संवैधानिक परिषदको बैठकमा सहभागी नहुन सभापति देउवालाई सुझाव दिएका छन्। प्रेस युनियन कैलालीले मंगलबार बिहान गरेको पत्रकार सम्मेलनमा थापाले उपसभामुख कांग्रेसले पाउनुपर्ने समेत बताए।

संविधानतः सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने व्यवस्था छ। साथै,सभामुख र उपसभामुख मध्येमा एक जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषदमा उपसभामुख सदस्य रहने व्यवस्था छ।

Advertisement

उपसभामुख कांग्रेसले पाउने अवस्थासमेत रहेको बताउँदै थापाले प्रमुख प्रतिपक्षले प्राप्त गर्ने भएकै कारण चयन प्रक्रिया सरकारले अघि नबढाएको आरोप लगाए।