November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अग्रपंक्तिमा खटिनेलाई भोलिदेखि बुस्टर डोज

2.9K

काठमाडौं : सरकारले माघ २ गतेदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा खटिने व्यक्तिलाई देशैभर बुस्टर डोज दिन लागेको हो।

मन्त्रालयले आवश्यक तयारी गर्न सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई परिपत्र गरेको छ। स्वास्थ्य सेवाविभाग परिवार कल्याण महाशाखाकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिइनेछ। बुस्टर डोजमा पहिले लगाइएकै खोप दिइने मन्त्रालयले जनाएको छ।

६० वर्ष र उक्त उमेरभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने माघ १४ गतेदेखि बुस्टर डोज दिइने मन्त्रालयले निर्णय गरेको छ।

Advertisement