November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सभामुख नआएपछि पुनः ५ बजेलाई बोलाईयो संवैधानिक परिषद् बैठक

3.4K

काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटा नआएपछि संवैधानिक परिषद्को बैठक पुनः साँझ ५ बजेलाई डाकिएको छ। बैठकमा प्रधानमन्त्री केपी ओली र अन्य ३ सदस्यहरु उपस्थित भए पनि सभामुख नआएपछि ५ बजेलाई डाकिएको हो।

बैठक पुनः  ५ बजे बस्ने गरी सकिएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए। 

अनौपचारिक छलफल भए पनि गणपुरक संख्या नपुगेपछि बैठकले कुनै निर्णय गरेन। 

Advertisement

परिषद् बैठकसम्बन्धी कार्याविधिमा अध्यक्ष र कम्तीमा ४ जना सदस्यहरु उपस्थित भएमा परिषद् बैठकका लागि गणपुरक संख्या पुगेको मानिने उल्लेख छ। तर बैठकमा सभामुख सापकोटा अनुपस्थित भए भने उपसभामुख नै नभएकाले गणपुरक संख्या नपुगेको हो।

बैठकमा प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना मात्र उपस्थित थिए।