November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रुक्सानालाई निर्देशक किशोर सुब्बाले गीत गाउने अवसर दिने

5.4K

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने एक भर्सटायल गायिका हुन् । आफ्नो जादूमयी गायन कलाले दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाउनसक्ने क्षमता भएकी रुक्साना अहिले भ्वाइस किड्सको फाइनलमा प्रवेश गरेकी छन् ।

रुक्सानालाई पहिलो भ्वाइस किड्सको विजेता बनाउनको लागि रुक्साना जिताउ अभियान नै चलाईएको छ । देश विदेशबाट सहयोग जुटिरहेको छ भने भोटिङ संख्या पनि बढिरहेको छ । आफ्नो कलाले जुन अपार मायाँ पाईरहेकी छन्, यो रुक्सानाको जीतको संकेत पनि हो ।

अमेरिकामा रहेर नेपाली कला क्षेत्रमा काम गरिरहेका चलचित्र निर्देशक किशोर सुब्बाले रुक्साना लिम्बुलाई आफ्नो आगामी प्रोजेक्टमा गीत गाउने अवसर दिने बताएका छन् । किशोर भन्छन्, ‘हामी एकै क्षेत्रमा काम गर्ने भएकोले नयाँ पिढीँलाई साथ सहयोग र हौसला प्रदान गर्नु आफ्नो कर्तब्य भएकोले रुक्साना जिताउ अभियानमा सबैले साथ र सहयोग गर्न अनुरोध छ ।’

Advertisement