November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रोजिना हत्याका आरोपी २० वर्षपछि पक्राउ

3.4K

इलाम : इलामको सूर्योदय नगरपालिका–३ जील (साविक पशुपतिनगर गाविस– ३) की १८ वर्षीया रोजिना राईको हत्याका आरोपी २० वर्षपछि पक्राउ परेका छन्।

प्रहरीले सूर्योदय नगरपालिका–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई रोजिना हत्याको आरोपमा पक्राउ गरेको हो।

२०५८ माघ ७ गते बिहान हसियाले घाँटी रेटेर हत्या गरेको अवस्थामा रोजिनाको शव फेला परेको थियो। पक्राउ परेका राईले २०५८ माघ ६ गते बेलुका खेताला बोलाउन मृतककी दिदी चमेली राईको घरमा जाने क्रममा छिमेकी गोठमा रहेकी रोजिनालाई जबरजस्ती तानेर लगेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीले पत्रकार सम्मेलन गर्दै घटना सार्वजनिक गरेको हो। त्यसवेला दिदी चमेली राईको घरमा जाने क्रममा छिमेकी भीममाया राईको घरबाट पश्चिमतर्फको बाटोभन्दा केही तल रोजिनाको शव भेटिएको थियो।

आरोपितले रोजिनालाई लिएर दिदी चमेलीको घरमा जाने क्रममा बाटोबाट लडेर डिलमुनि खसेर रुन थालेपछि म आफू फस्छु भनेर रोजिनाले बोकेकै हसियाले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेको उपरीक्षक महेन्द्र श्रेष्ठले बताए।

प्रहरीले घटनाको मुचुल्का, मिसिल, फोटो अध्ययन शुरु गरेको जनाएको छ। त्यसलाई हेर्दा यौनजन्य क्रियाकलाप हो कि भन्ने पनि शंका रहेको र खुलिनसकेको बताइएको छ।