November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौं उपत्यकाका सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

3.6K

काठमाडौं । अबदेखि काठमाडौं उपत्यकाका सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बढ्दै गइरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरेको हो ।

स्रोतका अनुसार मंगलबार बसेको बैठकले सार्वजनिकस्थलमा २५ जना बढी मानिस भेला हुन रोक लगाउने निर्णय गरेको छ । निर्णयको सूचना केहीबेरमा सार्वजनिक हुँदैछ ।

यसअघि सोमबार गृहमन्त्रालयले सार्वजनिक स्थलमा २५ जना बढी भेला हुन नपाइने भन्दै सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र पठाएको थियो।

Advertisement