November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

तोकेको भन्दा बढी शुल्क लिने कलेजलाई कारबाही गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण

2.7K

काठमाडौं। चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने विभिन्न कलेजलाई छानबिन गरि कारबाही गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण गराएको छ । संगठनले बढी शुल्क लिने विभिन्न कलेजलाई छानबिन गरि कारबाही गर्न माग गर्दै आज मन्त्री खाँडलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको हो ।

नोबेल मेडिकल कलेजमा उत्पन्न विवादमा सहजीकरण गर्न गएको विद्यार्थी प्रतिनिधिहरुमाथि कलेज प्रशासन र संचालकका भिजिलान्ते गुण्डाहरुले सुरक्षा गार्डको पोशाक लगाएर विद्यार्थीहरु माथि ढुंगामुढा गरेको संगठनको आरोप छ ।

गृहमन्त्रीलाई बुझाइएको ज्ञापनपत्र

विद्यार्थी संगठनले सम्बन्धित कलेजमाथि छानबिन गरि दोषीलाई कानुनी कारबाही र विद्यार्थीलाई सृुरक्षाको प्रत्याभुति दिलाउन माग गरेको छ ।

Advertisement

संगठनले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने र अभिभावकहरूलाई धम्कि दिएको विरोधमा विद्यार्थीहरुले गरेको आन्दोलनप्रति एक्यबद्धता जनाएको बताएको छ ।