काठमाडौँ : शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री पौडेलका प्रेस संयोजक विमल खड्काले उनको पोजेटिभ रिपोर्ट आएको बताए।
मन्त्री पौडेललाई आइतबारदेखि रुघा, खोकी लागेको थियो। आइतबार मात्रै मन्त्री पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलको निरीक्षण गरेका थिए। उनले ‘ नो अब्जेक्शन लेटर ’ लिन लाइन बसेका विद्यार्थीलाई पनि भेटेका थिए।
नेकपा माओवादी केन्द्रको महाधिवेशनलगत्तै अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण देखिएसँगै अरू नेतामा समेत संक्रमण देखिएको छ।
नेता नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, दिनानाथ शर्मा लगायत नेतालाई कोरोना संक्रमण देखिएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि करिब एक सातादेखि बन्द छ।