November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुमन दाहाल निर्देशित ‘यो जीवन मिठो’ अमेरिकाबाट सार्वजनिक

3.4K

काठमाडौं । अमेरिकामा रहेर पनि आफ्नो कर्ममा निरन्तर खटिरहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो जीवन मिठो’ सार्वजनिक भएको छ ।

भिडियोमा संयुक्त राज्य अमेरिकाको केन्टकी राज्य लेक्सिन्टन शहर वरपरको सुन्दर दृश्य कैद गरिएको छ ।

सुदन डोटेलको शब्द, कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको गीतमा सरोज प्याकुरेलको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको छ ।

Advertisement

भिडियोमा भुवन लोहनी र अञ्जली दियालीको अभिनय रहेको छ । दुबै कलाकार नयाँ भएपनि निर्देशक दाहालले उनीहरुलाई परिपक्क कलाकार जस्तै प्रस्तुत गरेका छन् ।

अक्की शर्माले खिचेको यो गीतको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । भिडियोलाई सम्राट क्रियशन युट्युव च्यानल मार्फत रिलिज गरिएको छ ।