November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संवैधानिक परिषद् बैठक बस्दै, पदाधिकारी नियुक्ति एजेण्डा

2.2K

काठमाडौं – संवैधानिक परिषदको बैठक आज बस्दैछ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका स्वकीय सचिव उदय तिमिल्सिनाका अनुसार बैठक विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीका विषयमा छलफल हुनेछ।  लामो समयदेखि संवैधानिक परिषदको बैठक बस्न नसक्दा संविधानले पहिलोपटक संवैधानिक हैसियत दिएका आयोगहरूसमेत संविधान जारी भएको पाँच वर्षसम्म पनि गठन हुन सकेका छैनन् । हाल १३ वटा संवैधानिक आयोग छन्। तर तिनमा अहिले प्रमुखसहित ४५ पद रिक्त रहेको छ।

यसअघि गत आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा नजाँदा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो। 

Advertisement

आजको बैठकमा भने कांग्रेस सभापति देउवा बैठकमा सहभागी हुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। यसअघि संवैधानिक निकायमा नियुक्तिका विषयमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफलसमेत भएको थियो।