काठमाडौं । मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विद्यार्थीहरूले उजुरी र गुनासो गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेजमा पुगेका छन् ।
बुझ्नका लागि आज भक्तपुरस्थित मेडिकल कलेज पुगेका मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र जिल्ला प्रशासन कार्यालय भक्तपुरबीच छलफल गरेर कलेजले लिइरहेको शुल्कबार भोलिसम्म रिपोर्ट पेश गर्न निर्देशन पनि दिएका छन् ।
विद्यार्थीहरूले कलेजले होस्टेल शुल्क पनि बढी लिएको गुनासो गरेका छन् ।
‘विद्यार्थीहरूले कलेजले बढी शुल्क लियो भन्ने गुनासा गरेका छन्। मन्त्रालयमा उजुरी पनि परेको छ, सञ्चार माध्यममा पनि कलेजले अतिरिक्त शुल्क लिएको खबर छ । नियमभन्दा बाहिर गएर शुल्क लिएको पाइएमा कारबाही हुन्छ ।’
कलेज प्रशासनले भने मन्त्री पौडेलसँग शुल्क बढी लिइएको पाइएमा विद्यार्थीहरूसँग वार्ता गर्न तयार रहेको जवाफ दिएका थिए । कलेजमा राजनीतिले प्रवेश पाएको र विद्यार्थीहरूले ताला लगाएको पनि कलेज प्रशासनको भनाइ थियो ।