November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ओली सरकार इतिहासकै भ्रष्ट सरकार होः रामचन्द्र पौडेल

3.8K

काठमाडौं- नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली सरकार इतिहासकै भ्रष्ट भएको आरोप लगाएका छन्।

राजधानीको शान्ति वाटिकावाट सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नकै लागि सबै निकाय प्रधानमन्त्री कार्यालयअन्तर्गत केन्द्रीकृत गरेको पौडेलको आरोप थियो।

‘कम्युनिस्ट अधिनायकवादी सर्वसत्तावादमा भ्रष्टाचार मात्र देखिएको छ,’ पौडेलले भने, ‘हरेक मन्त्रीको भ्रष्टाचारबारे सार्वजनिक हुँदा किन प्रधानमन्त्री अख्तियारभन्दा अघि आएर बचाउँमा उभिनु हुन्छ।’ 

Advertisement

वरिष्ठ नेता पौडेलले अब कुनै पनि तानाशाही र सर्वसत्तावाद विरुद्ध जुर्मुराएका बताए। नेपाली जनता जागरणको अवस्थामा पुगेका भन्दै उनले अब कम्युनिस्ट शासन समाप्त हुने उल्लेख गरेका थिए।

‘राजाको निर्दलीय पञ्चायतको समयमा रुख रोप्दा हाम्रो टाउँको फुटेको थियो,’ पौडेलले भने, ‘अहिले गणतन्त्रणकालमा कम्युनिस्ट शासन चलिहरँदा पुल बनाउँदा हाम्रो करङ भाँचिएका छन्।’ 

सत्ताको घोर दुरपयोग कम्युनिस्ट सरकारले गरेको आरोप उनले लगाए। ‘गाोकर्ण, यति, वाइडवडीदेखि ओम्नीसम्मका भ्रष्टाचारका कुरा आएका छन,’ पौडेलले भने, ‘कम्युनिस्ट पार्टीका बहुमत नेताले यो सरकार भ्रष्टाचारी भनिसकेको छन्। अब हामीले आरोप लगाउन पदैन, उनीहरुकै सचिवालयको बहुमत सदस्यले यही भनेका छन्।’