November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १७ सय नाघ्यो

3K

काठमाडौं–  नेपालमा कोरोना संक्रमित मृतकको संख्या १७ सय नाघेको छ। गत २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ९ जना संक्रमितको मृत्यु भएको थियो।

विगत २४ घण्टायता नेपालमा ८ सय २१ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ। कुल संक्रमितमध्ये १० हजार ९ सय ५५ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार ४ सय २३ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ३६ हजार ४ सय ६४ पुगेको छ। हाल ४ सय ७१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     

Advertisement