काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका नेता ध्रुव गौतमको निधन भएको छ। लालबन्दी नगरपालिका–१७ साहेबगन्ज टिकुलिया निवासी नेकपा जिल्ला कमिटी सदस्य गौतमको आज (सोमबार)मध्यान्ह आफ्नै निवासमा निधन भएको हो।
५८ वर्षीय गौतम लामो समयदेखि ब्रेन ट्युमर रोगबाट ग्रसित थिए। परिवारले उनलाई दुई वर्षदेखि निरन्तर उपचार गराइरहेका थिए। तत्कालीन नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष भइसकेका गौतम २०७४ सालको निर्वाचनमा सर्लाहीको क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यको प्रत्यासीसमेत हुन्।
उनको पार्थिव शरीरलाई आजै साँझ बागमती खोलामा लगेर अन्त्येष्टि गरिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए। अध्यक्ष पन्तले आज दिउँसो एक विज्ञप्ति जारी गर्दै नेता गौतमको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।