धरान । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटिसकेका राईले सरकारी सेवा सुविधा उपभोग गर्दै आएका थिए ।
उनले तीव्र आलोचना भएपछि चार महिनापछी आफूले प्रयोग गरेको को १ झ ५६५ नम्बरको गाडी फिर्ता गरेका हुन् ।
राईले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । उनले मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको बताए ।
मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवा सुविधाको विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । कानुनमा नै नभएको सेवा सुविधा राईले ४ महिना प्रयोग गरे ।
