November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

निजी मेडिकल कलेज र अस्पतालले पनि खोप केन्द्र सञ्चालन गर्न सक्ने

2.5K

काठमाडौं : अबदेखि निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरूले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने भएका छन्।

सरकारले निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरूले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने जनाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै सबै मेडिकल कलेज तथा ५० वेड माथिका निजी अस्पतालहरूले कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न चाहेमा जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप कार्यक्रम सुरु गर्न सक्ने जनाएको छ।

Advertisement

त्यस्ता मेडिकल कलेज तथा अस्पतालहरूले १८ वर्ष माथिका नेपाली नागरिकलाई खोप उपलव्ध गराउन पाउने र खोपको उपलव्धताको आधारमा विहान ९ देखि अपरान्ह ५ बजेसम्म खोप लगाउन सक्ने समेत मन्त्रालयले जनाएको छ।

अहिलेसम्म कोभिडविरुद्धको खोप लगाउनका लागि अधिकांश केन्द्रहरू प्राय जसो सरकारी मेडिकल कलेज, प्रतिष्ठान र सरकारी अस्पतालहरूमा तोकिएको छ।