November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस केन्द्रीय कार्यसमितिका सबैले पाए प्रमाण पत्र

3.5K

काठमाडौं । कांग्रेसको १४औँ माहाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले प्रमाण पाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बिहान आयोजित कार्यक्रमकाबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यले प्रमाणपत्र लिएका छन् ।

Advertisement

२४–२७ मंसीरमा काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्न लागेको छ।