काठमाडाै । भुटानले कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा भुटानीहरुलाई लगाउन थालेको छ। कोरोनाको ओमिक्रोन भेरिएन्टबाट सुरक्षित बनाउन शुक्रबार ज्येष्ठ नागरिक तथा खोपको प्राथमिकतामा परेका समूहलाई बुस्टर मात्रा लगाउन थालेको भुटानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
६५ वर्षमाथिका भुटानी, विदेश जाने नागरिक, स्वास्थ्यकर्मी, दीर्घरोगी र कोरोना संक्रमणको अत्यधिक जोखिममा रहेकाहरूलाई बुस्टर मात्रा लगाउन थालिएको भुटानी स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन्।
बेलायती सञ्चारमाध्यम बिबिसीका अनुसार दक्षिण एसियाली राष्ट्रमध्ये भुटान नै कोरोनाको बुस्टर खोप दिने पहिलो राष्ट्र बनेको छ। एक सातामा २ लाख २८ हजारभन्दा बढीलाई बुस्टर मात्रा खोप लगाउने शाही रोग नियन्त्रण केन्द्र (रोयल सेन्टर फर डिजिज कन्ट्रोल) का अधिकृत सोनाम वाङचुकले बताएका छन्।
वाङचुकले भुटानमा अहिलेसम्म ओमिक्रोन संक्रमण नदेखिएको पनि बताएका छन्। उनले देशभरि नै आरसिडिसीले कोरोना संक्रमणबारे नियमित अनुगमन गरिरहेको जानकारी पनि दिए।
भुटानले कुल जनसंख्याको ९३ प्रतिशतभन्दा ९१२ वर्षभन्दा माथिका० बढीलाई कोरोनाविरुद्ध खोप लगाइसकेको जनाएको छ। भुटानको जनसंख्या करिब ७ लाख ५० हजार छ।
कोरोना संक्रमणबाट जम्मा ३ जनाको मात्र मृत्यु भएको घोषणा भुटान गरेको थियो। कोरोना महामारी फैलिएयता जम्माजम्मी २ हजार ६ सय ५९ जना भुटानी मात्र कोरोना संक्रमित भएको जनाएको थियो।